सिनर्जी पावरको बोनस अनुमोदन, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (SPDL) को पन्ध्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसपछि कायम हुने पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्तवलाई सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा शुक्रबार बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन भई सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

यसैगरी सभाले बोनसपछि कायम हुने पूँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त सभाले सञ्चालक समितिको तर्फबाट सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ ।

त्यसैगरी सभाले सञ्चालक समितिको प्रति बैठक भत्ता अध्यक्षको १० हजार रुपैयाँ र सदस्यको ८ हजार रुपैयाँको प्रस्ताव अनुमोदन गरेको छ भने आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।