
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार एकैदिन सुन तोलाको ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार छापावाला सुन तोलाको ९० हजार ९०० रुपैयाँ, तेजावी ९० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार पनि सुन तोलाको १०० रुपैयाँले बढेर र चाँदी तोलाको १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया