
सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड (SPDL) मा इन्द्र बहादुर थापाको अध्यक्षमा ६ जना सञ्चालक समिति चयन भएको छ ।
भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुनिएका सुरेन्द्र बहादुर खड्का र प्रकाश कुमार अधिकारी र गोपाल प्रसाद आचार्य तथा साधारण सभामा महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा निरु के.सी कार्कीलाई नियुक्त गरिएको हो ।
यस्तै भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा इन्द्र बहादुर थापा र सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया