नेप्सेमा के हुँदा लाग्छ सर्किट ब्रेक ?

0
Shares

शेयर बजारको प्रवृत्ति नै गतिशील हुने भएकाले कहिले बढ्ने त कहिले घट्ने भैरहन्छ ।  नेप्से आफैंमा अस्थिर हुन्छ । यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रम जारी हुन्छ ।

यस्तो अवस्थामा बजारमा आउने अस्वभाविक उतार चढावबाट लगानीकर्तालाई धेरै फाइदा वा घाटा नपुगोस भनेर नियामक निकायले निश्चित प्रतिशतको घटबढपछि कारोबार स्थगन गर्ने कानूनी व्यवस्था गरेको हुन्छ । यसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) लागाउने भनेर बुझिन्छ ।

सर्किट ब्रकेर पोजेटिभ (अत्याधिक सकारात्मक) र नेगेटिभ ( अत्याधिक) नकारात्मक दुवै किसिममा लाग्दछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ चैत १९ देखि शेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टाभित्र अथाृत नेप्सेमा बिहान ११ देखि १२ बजेसम्म नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ ।

यसैगरी पहिलो सर्किट लागेर कारोबार शुरु भएको दोस्रो घण्टाभित्र अर्थात मध्यान्न १२ देखि १ बजेसम्म नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यसरी लगाइने सर्किटले मार्केटलाई कुलडाउन गराउनमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

यसैगरी दोस्रो सर्किटपछि पनि नेप्से सूचक एकोहोरो घट बढ हुने क्रम निरन्तर रह्यो र ६ प्रतिशतले नेप्से घटेको खण्डमा भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा दिउँसो १ बजेदेखि ३ बजेसम्मको बीचमा जुनसुकै समयमा नेप्से सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

कुनै असामान्य घनाक्रम वा नीतिगत परिवर्तन, महामारी आदीका कारण नेप्सेमा नकारात्मक सर्किट लाग्ने गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।