नेप्सेमा १०८ अंकको गिरावट, १३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट ब्रेक

0
Shares

साताको पहिलो कारोबार दिन नेप्सेमा १०८.१४ अंकको उच्च गिरावट आएको छ । शेयर धितोकर्जाको सीमाका कारण ५ प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर ४० मिनेटपछि १ः३९ मा खुलेको बजार त्यसपछि गएर थप नघटेपछि (केही सुधारको गतिमा जाँदा) पूरा दिन कारोबार भएको हो ।

नेप्सेमा के हुँदा लाग्छ सर्किट ब्रेक ?

यसदिन कारोबारमा आएका सबै समुहगत सूचक ऋणात्मक देखिएका छन् भने १३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

स्टक एक्सचेञ्जका अनुसार आइतबार ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपैयाँको कारोबार भएको छ । दिनभर २२३ कम्पनीको १ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर १ लाख २९ हजार १४२ पटक खरीद बिक्री भएको छ ।

वित्त समुह सर्वाधिक ८ प्रतिशतभन्दा धेरैले घटेको बजारमा विकास बैंक ७.२१ र ब्यापार ६.०५ प्रतिशतले घटेको छ । होटल अन्य र लगानीको समुहगत सूचक ४ प्रतिशतभन्दा धेरैले ऋणात्मक भएका छन् ।

आइतबार पनि अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७०.३३ करोडको शेयर खरीद बिक्री भएको छ । हिमालयन डिष्टिलरी, नेपाल बैंक, नबिल बैंक, रिडी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेशनल हाइड्रोपावर, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंकको २० करोडभन्दा बढीको कारोबार भएको छ ।

यसदिन ६ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्किट लेबलमा बढेर ३७३.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मनकामना स्मार्ट लघुवित्त ४.०१ प्रतिशत, गुराँस लघुवित्त १.९४, प्रगोशिभ फाइनान्स १.७६, माउन्टेन इनर्जी नेपाल लिमिटेड ०.७५ र आइएमई जनरल इन्स्योरेन्सको मूल्य ०.१७ प्रतिशतले बढेको छ ।

यसदिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेष्ट, गुडविल, जानकी, समृद्धि, आईसीएफसी, रिलायन्स फाइनान्स, अरुण काबेली हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा लिमिटेड, रुरु जलविद्युत, र सिइडिबि हाइड्रोपावर गरी १३ कम्पनीको को मूल्य १० प्रतिशतका दरले घटेको हो ।

यस्तै ग्रीन लाइफ, माउन्टेन हाइड्रो नेपाल, पाँथचर पावर, दिब्यश्वरी, घलेम्दी, पन्त्रकन्या माई, लिवर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, सिन्धु विकास बैंक, अपि पावर, श्रीइन्भेष्ट फाइनान्स कम्पनी, महालक्ष्मी विकास बैंक, नेपाल हाइड्रो डेभलोपर, लुम्बिनी, शाईन रेसुङ्गा, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, र सप्तककोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशत बढीले घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।