‘एनएमबि सरल बचत फन्ड इ’ इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
एनएमबि क्यापिटलले भदौ १७ गते बिहीबारदेखि सर्वसाधारणमा ४ करोड इकाई बिक्री खुला गरेको थियो । क्यापिटलले फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशतले हुन आउने ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो ।
क्यापिटलले बिक्रीमा ल्याएकोे पहिलो खुलामुखी योजनामा आइतबारसम्म ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ ।
कुल निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखीएको छ । बाँकी २ करोड ५० लाख इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस सामुहिक लगानी कोष योजनाको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । फण्ड एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुनेछ ।
लगानीकर्ताले यस खुलामुखी योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
इकाई खरीदका लागि लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएको बैंक तथा वित्तीय संस्था र तिनका शाखा, सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो शेयरको वेवसाइट, मोबाइल एपबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया