साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा अघिल्ला दिनहरुको तुलनामा न्यून रकमको मात्र कारोबार भएको छ ।
यसअघि प्रि-ओपनिङ्गमा करोडभन्दा धेरै कारोबार हुँदै आएकोमा दिनप्रतिदिन कारोबार रकम घटेको हो । आइतबार ४८ लाखको शेयर कारोबार भएकोमा सोमबार अझ घटेर ३८ लाखमा संकुचित बनेको हो ।
राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न थालेपछि राष्ट्र बैंकले व्यक्तिगत धितोकर्जाको सीमा ४।१२ करोड लागू गर्दै कडाई गरेपछि बजारमा उच्च गिरावट आएको हो ।
आज प्रि-ओपनिङ्गमा ३८ लाख ४३ हजार ३९४ रुपैयाँको मात्र कारोबार भएको हो । यस अवधिमा ५० कम्पनीका ६ हजार ४३५ कित्ता शेयर खरीद बिक्री भएका छन् । जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनिङ्गमा नेप्से १.९२ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ८१६ दशमलव ९३ अंकमा झरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया