गभर्नरको राजीनामा माग्दै मोटरसाइकल र्‍याली

0
Shares

शेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीका कारण शेयर बजार घटेको बताउँदै उनीहरुले सोमबार मोटरसाइकल र्याली नै आयोजना गरेका हुन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर शेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।

गभर्नर अधिकारीले मौद्रिक नीति मार्फत व्यवस्था गरेका ४।१२ करोडको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका हुन् ।

पछिल्लो एक सातामा नेप्से परिसूचक झण्डै दुई सय अङ्कले घटेपछि पूँजीबजार सुधार सङ्घर्ष समिति गठन नै गरेर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका हुन् । समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ को सीमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।