पूँजीबजार सुधार संघर्ष समितिले दिउँसो ३ बजेदेखि माइतिघर मण्डलामा रिले अनसन सुरु गर्ने

0
Shares

पूँजीबजार सुधार संघर्ष समितिले दिउँसो ३ बजेदेखि माइतिघर मण्डलामा रिले अनसन सुरु गर्ने भएको छ ।

यसअघि नेप्से अगाडि रिले अनसन बस्ने तय गरिएकोमा देशको आर्थिक तथा प्रशासनिक केन्द्र समेत माइतिघर वरिपरि भयको हुँदा माइतिघरमा रिले अनसन बस्न लागिएको पूँजीबजार सुधार संघर्ष समितिका उपसंयोजक रोशन कार्कीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको ४-१२ करोडको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा निरन्तर गिरावट आएपछि आन्दोलनमा होमिएको पूँजीबजार सुधार संघर्ष समितिले विरोधका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

रिले अनसन मार्फत पनि आफ्नो मा पूरा नभए भदौ ३० गतेदेखि आमरण अनसन बस्ने समेत संघर्ष समितिले चेतावनी दिएको छ ।

यसअघि पूँजीबजार सुधार संघर्ष समितिले सोमबार पुतलीसडकदेखि नेपाल राष्ट्र बैंकसम्म मोटरसाइकल र्याली आयोजना गरी राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १६ बुँदै ज्ञापनपत्र बुझाएको थियो । मार्जिन लेण्डिङमा गरिएको ४ र १२ करोड रुपैयाँको व्यवस्था खारेज गर्न माग राख्दै उक्त समिति संघर्षरत रहेको छ ।

उसले मौद्रिक नीति मार्फत व्यवस्था गरेका ४-१२ करोडको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा गिरावट आएको भन्दै गभर्नर अधिकारीको राजीनामा समेत मागेको छ ।

यता नेपाल राष्ट्र बैंकले भने आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा गरिएको एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकले उक्त नीति नियम पहिलो त्रैमासिक समीक्षा मार्फट मात्र परिमार्जन वा खारेज हुनसक्ने भएपनि लागू भएको तीन हप्तामा नै शेयर बजार घट्यो वा बढ्यो भनेर परिवर्तन गर्न नसकिने धारणा सार्वजनिक गरिसकेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।