नेपाल राष्ट्र बैंकले २ अर्ब ६५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।
बैंकको कर्मचारी सुरक्षण कोष।उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको हो ।
बैंकले एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ असोज १ गतेदेखि २०७९ असोज १ गतेसम्म ३६६ दिनका लागि उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।
केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई १३ करोड २५ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३९ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ लाख रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।
बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई भदौ २३ गतेदेखि २५ गते बेलुका ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त तोकेको छ ।
यस्तै खुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वो सो भन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्रथामिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने बैंकले उल्लेख गरेको छ । साथ साथै निकटता अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकीएको सीमा भन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया