युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ ।

कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव सहित असोज ८ गते बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजे दोस्रो विशेष साधारण सभा आह्वान गरेको छ ।

सभामा युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्ने एजेण्डा राखिएको छ ।

यसैगरी भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।