एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले बैंकका सञ्चालक तथा आधारभुत शेयरधनीलाई रकम जम्मा गर्न आग्रह गरेको छ ।
बैंकले बैंकको चुक्ता पूँजीको १ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने आधारभुत शेयरधनीलाई आफ्नो हक हिस्सा पर्न आउने हकप्रद वाापतको रकम असोज ४ गतेभित्र रकम जम्मा गर्न आग्रह गरेको हो ।
बैंकको विर्तामोड झापामा रहेको खोलिएको खाता नम्बर, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग शाखामा रहेको खाता नम्बर, र नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकमा रहेको खाता नम्बरहरुमा रकम जम्मा गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।
साथै बैंकले असोज ४ गतेभित्र हकप्रद वापतको रकम जम्मा नगर्ने सञ्चालक तथा आधारभुत शेयरधनीले तत् पश्चात हकप्रद शेयरको रकम दाबी गर्न नपाउने जनाएको छ ।
बैंकले २०७७ असार १४ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद जारी गर्नेछ। जसका लागि बैंकले असोज १ गते बुकक्लोज तोकेको छ । बुकक्लोजकोअघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बैंकले अघिल्लो आव २०७६/७७ बाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल शेयर खरीद गर्नेले हकप्रद र बोनस दुबै पाउनेछन् ।
- एक्सेल डेभलपमेन्टको हकप्रद पाउन कहिलेसम्म किन्नुपर्छ शेयर ?
-
एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया