नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जा ४/१२ करोड सीमाका कारण प्यानिक शेयर बजार गति लिने पर्खाइमा रहेको देखिएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको दिन बजार पनि कहिले रातो त कहिले हरिया भैरह्यो ।
साताको अन्तिम कारोबार दिन बिहीबार तीव्र उतारचढाव भोगेको नेप्सेमा सुरुवाती आधा घण्टामा सुधार देखिएपनि बिक्री चापका कारण सूचक दबाबमा परेको थियो । त्यपछिको हरेक एक एक घण्टामा सुधारको संकेत देखिएको बजार सूचक अन्त्यमा १ अंकभन्दा कम घटेर बन्द भएको छ ।
बिहीबार नेप्से ०.६२ अंकले घटेर २८७५.९७ बिन्दुमा झरेको छ । दिनभर २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७२ हजार ८५८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा खरीद बिक्री भएको छ ।
जलविद्युत सूचक १.९१ प्रतिशतले बढेको बजारमा जीवन बीमा, लगानी र ब्यापार सूचक सामान्य सुधारिएका छन् । बाँकी घटेका सूचकमध्ये वित्त र अन्य १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

बिहीबार चार कम्पनीको शयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर, सानिमा लाइफ, ग्लोबल आइएमई बैंक संस्थापक, र रैराङ जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यसैगरी ग्रीन लाइफ, माउन्टेन हाइड्रो नेपाल, युनियन हाइड्रोपावर, अपि पावर, एनआईबिएल समृद्धि फण्ड १, र साधना लघुवित्तको शेयरमूल्य ५ प्रतिशतले बढेको छ ।
यसदिन रिडी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ भने सिटिजन्स म्युचुअल फण्ड २ को पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आइसीएफसी फाइनान्स, सर्पोर्ट लघुवित्त, युनिलिभर नेपाल लिमिटेड, गोर्खाज फाइनानस, सिटिजन्स म्युचुअल फण्ड १, नेपाल टेलिकम, गुहेश्वरी मर्चेन्ट र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य २ देखि ४ प्रतिशतसम्म घटेको छ ।
बिहीबार रिडी हाइड्रोपावरको सर्वाधिक ४९.३९ करोडको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर ४८.८५ करोड, रैराङ हाइड्रोपावर ३३.६५ करोड, र युनाइटेड मोदी हाइड्रोपावरको ३१.२५ करोडडको शेयर खरीद बिक्री भएको छ ।
हिमालयन पावर पार्टनर, अपि पावर, आईसीएफसी फाइनान्स, नेशनल युनियन र अरुण काबेली पावर उच्च कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूला कारोबार भएको अरुण काबेलीको ११.४४ करोडको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया