एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले जारी गर्न लागेको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर र आर्थिक वर्ष २०७६/७७ बाट प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभा र हकप्रद जारी गर्ने प्रयोजनका लागि बैंकले एकैदिन असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बोनस र हकप्रद पाउन बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात भदौ ३१ गते बिहीबारभित्र शेयरधनी भैसकेको हुनुपर्नेछ । बिहीबारसम्म शेयरधनी कायम भैसकेको लगानीकर्ताले मात्र बोनस र हकप्रद शेयर पाउनेछन् ।
बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारण सभाले शेयरधनीहरुलाई १०ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
बैंकले गत जेठ २७ गते १०० रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद जारी गर्न बैंकले साउन ३१ गते आइतबार अनुमति दिएको हो ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकले अघिल्लो आव २०७६/७७ बाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल शेयर खरीद गर्नेले हकप्रद र बोनस दुबै पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया