सात जलविद्युत कम्पनीद्धारा लाभांश घोषणा

0
Shares

नेप्सेमा सूचीकृत ३९ कम्पनीमध्ये  शुक्रबारसम्म गत आव २०७७/७८ बाट ७ जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।

ङादी ग्रुप पावरको सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत रहेको छ ।

यसैगरी अरुण काबेली पावरको १७.८९ प्रतिशत, अपि पावर ११.०५, अरुण भ्याली हाइड्रोपावर १०.५३ प्रतिशत, सनर्जी पावरको १०.५३ प्रतिशत, रुरु जलविद्युत परियोजनाले अघिल्लो आव २०७६/७७ बाट १०.५३ प्रतिशत नगद तथा आव २०७७।७८ बाट १० प्रतिशत बोनस सहित १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

यस्तै सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार  १९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।