सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार २०० रुपैयाँ, तेजावी ८८ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य १ हजार १४० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ८८ हजार ९०० रुपैयाँ, तेजावी ८८ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन तोलाको २०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।