अरुण भ्यालीको शेयरमूल्य समायोजन

0
Shares

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड (AHPC) को शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै नेप्सेमा सोमबार मूल्य समायोजन भएको हो ।

कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि सोमबार बुकक्लोज गरेको हो । यसअनुसार आइतबारसम्म कायम कम्पनीका शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

नेप्सेले १० प्रतिशत बोनस शेयरलाई समायोजन गरी प्रतिकित्ता ५२३ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन आइतबार कायम अन्तिम शेयरमूल्य ५७५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर अरुण भ्यालीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले गत आवबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न असोज २४ गते २४ औ वार्षिक साधारण सभा आह्वान गरिएको छ ।

सभामा बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  ०९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।