सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले असोज १७ गते, आइतबारदेखि आईपीएस मार्फत कर कट्टा गरी प्रस्तावित नगद जम्मा गर्ने भएका छन् ।
गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने घोषणा गरेको प्रतिफल सम्बन्धीत इकाईधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा सोझै जम्मा गर्न लागिएको हो ।
गत आव २०७७/७८ बाट सानिमा इक्वीटी फण्डले इकाईधनीहरुलाई कर सहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले कर सहित ४ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ ।
लाभांश वितरण प्रयोजनका लागि दुबै फण्डले असोज १ गते बुकक्लोज गरेका थिए । यसअनुसार भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र उक्त नगद लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया