
आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार लघुवित्तले ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित ३८ लाख ५२ हजार ४२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
अघिल्लो आव २०७६/७७ बाट लघुवित्तले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया