
सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले पहिलो वर्षको साधारण सभाबाट नै संस्थाले २६.३१ प्रतिशत लाभाशं बाँड्ने प्रस्ताव पारित गरेको छ ।
असोज १५ गते सम्पन्न पहिलो साधारण सभाले संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा बाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पारित गरेको हो ।
बोनश पश्चात संस्थाको चुक्ता पूँजी ३ करोड ८४ लाख ९७ हजार पुगेको छ । संस्थाले पुरानै कार्य समितिलाई अनुमोदन गरेको छ भने हकप्रद शेयर निष्काशन गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई दिएको छ ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक वर्षमा पुँजी वृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए ।
त्यस्तै गरि संस्थाले आगामी आर्थिक वर्षभित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेड नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया