आशा लघुवित्तको लाभांश बढ्यो, ७ करोड लाभांश बाँड्ने

0
Shares

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे दश प्रतिशतले बढेको छ ।

अघिल्लो आव २०७७।७७ मा चुक्ता पूँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गरेको लघुवित्त कम्पनीले गत आव २०७७।७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको ९४ औं बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरि कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले चुक्ता पूँजीको २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँको आधारमा ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ३५ लाख १४ हजार ८८४ रुपैयाँ नगद लाभांश गरी कुल ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ वितरण गर्नेछ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।