
मेरो माइक्रोफाइनान्स (MERO) ले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेय र र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६।७७ बाट लघुवित्तले १७.८३ प्रतिशत लभांश वितरण गरेकोमा ३.२२ प्रतिशतले लाभांश बढेको हो ।
लघुवित्त कम्पनीको असोज १८ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिए ।
अघिल्लो आव आर्थिक वर्ष २०७६।७७ मा संस्थाले आफ्ना शेयरधनीहरूलाई १६.९४ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ । हाल १ अर्ब चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि १ अर्ब २० करोड पूँजी कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया