एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले आईपीओ निष्कासन गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । लघुवित्तले न्यून लाभांश दिनेभएपछि लगानीकर्तामा नैराश्यता ल्याउने देखिन्छ ।
स्वदेशी लघुवित्तसँग मर्जर गरी एकीकृत कारोबार गरेको लघुवित्तले आकर्षक लाभांश बाँड्ने अपेक्षा लगानीकर्तामा भएपनि न्यून लाभांश प्रस्ताव भएपछि लगानीकर्ता निराश भएका हुन् । गत आवमा लघुवित्तले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । लाभांशको रुपमा भने नाफाको १६.६६ प्रतिशत अर्थात ९ करोड ४१ लाख ३ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया