सबैको लघुवित्तले प्रस्ताव गर्यो आकर्षक लाभांश

0
Shares

सबैको लघुवित्तल (SABSL) ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीको असोज १९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ९४ औं बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७६।७७ बाट लघुवित्तले १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत गरी कुल ११.०५ लभांश वितरण गरेकोमा अघिल्लो आवको तुलनामा २१.६३ प्रतिशतले लाभांश बढेको हो ।

गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि २७ करोड पूँजी कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।