
साधना लघुवित्त वित्तीय संस्था (SDBSL) ले काठमाडौँमा शाखा कार्यालय विस्तार गरेको छ । संस्थाले काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा ९३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखा कार्यालयको उद्घाटन गरेका हुन् । नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।
संस्थाले हाल कायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कार्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ ।
राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया