नासा र त्रिशक्ति सेक्युरिटीजलाई नेप्सेले सोध्यो ७ दिने स्पष्टिकरण

0
Shares

पूँजी बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज र ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडलाई ७ दिने स्पष्टिकरण सोधेको छ ।

दुबै ब्रोकर कम्पनीले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरेकाले सात कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको नेप्सेले जनाएको छ ।

नेप्से सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्धक सुवोध ढुंगेलको हस्ताक्षमा दुबै ब्रोकरलाई लेखेको पत्रमा भनिएको छ, ‘धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुँदा सोही विनियमावलीको विनियम ७ (२) बमोजिम किन कारवाही नगर्ने ? सो को सात कार्य दिनभित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।’

नेप्सेका अनुसार नासा सेक्युरिटीजले ग्राहक पहिचान फारमबाट ग्राहक विवरण टिएमएसमा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटी हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएकोमा त्रुटी थाहा हुने वित्तिकै सच्चाएको पत्र ब्रोकरले नेप्सेलाई पठाएको थियो । सो सम्बन्धमा गलत विवरण प्रविष्ट गर्ने तथा नेप्सेबाट सो सम्बन्धी स्पष्टिकरण सोधे पश्चात पूर्व जानकारी नगराई ब्रोकर आफैँले विवरण सच्चाएपछि स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ ।

यस्तै त्रिशक्ति सेक्युरिटीजले ग्राहक स्वंयमले व्यक्तिगत पहिचान विवरण अनलाईन रजिष्ट्रेसनबाट नेप्सेको टीएमएसमा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई गतल अभिलेख हुन गएको व्यहोराको पत्र पठाएपछि झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुँदा स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।