सोमबार र मंगलबार घटेको शेयर बजारमा बुधबार साढे ६० अंकको बढोत्तरीले लगानीकर्तामा उत्साह भरेपनि त्यसको भोलिपल्ट नै नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अंकुश: कात्तिकको ब्याजदर संशोधन हुने
बिहीबार नेप्से १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको हो । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ बिन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले बढेको ब्याजदर घटाउन कडा निर्देशन जारी गरेपछि बुधबार नेप्सेमा २.४१ प्रतिशतको वृद्धि भएको थियो ।
राष्ट्र बैंकको निर्देशनले शेयर बजारमा ६० अंकको ‘बाउन्स ब्याक’
नेप्से घटेसँगै अघिल्लो कारोबार दिनभन्दा कारोबार रकम पनि ४ करोड २७ लाख रुपैयाँले घटेको छ । बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन २१६ कम्पनीका ६१ लख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ वटा संख्यामा खरीद बिक्री भएका छन् ।
आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको हो । एघार वटा सूचक घटेकोमा ब्यापार, विकास र फाइनान्सको सूचक २ प्रतिशत धेरैले घटेको छ भने होटल, जलविद्युत, उत्पादनमुलक सूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ ।

सानिमा बैंकको सर्वाधिक कारोबार
गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका सानिमा र माछापुच्छ्रे बैंकको बिहीबार उच्च कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सानिमा बैंक २७.१३ करोड सहित शीर्ष स्थानमा छ भने ११.५६ करोड सहित माछापुच्छ्रे बैंक दोस्रो स्थानमा रहेको छ । यस दिन नबिल बैंक, सिद्धार्थ बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रोपावर, निर्धन उत्थान र अपि पावरको शीर्ष दश ठूलो कारोबार भएको छ ।
सानिमा, माछापुच्छ्रे र सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम
बिहीबारको बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशत (१५४.१० रुपैयाँ) बढेर १६९५.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ५.२६ प्रतिशत, र आईसिएफसि फाइनान्सको शेयरमूल्य ४.२१ प्रतिशतले बढेको छ ।
उता जोशी हाइड्रोपावर र गुडविल फाइनान्सको शेयरमूल्य क्रमश ५.८७ र ५.०९ प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स,महुली लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया