अपि पावर कम्पनी र नेपाल फाइनान्सले मागे हकप्रद बेच्ने अनुमति

0
Shares

अपि पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । 

दुई कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनको अनुमति माग गर्दै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते अनुमति मागेको हो ।

अपि पावर (API) ले १ बराबर ०.३९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता र नेपाल फाइनान्स (NFS) ले १ बराबर ०.७० को अनुपातमा ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद निष्काशनको माग गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र दुबै कम्पनीले लगानीकर्तालाई हकप्रद बिक्री गर्नेछन् ।

अपि पावरको कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड र नेपाल फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १७ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।