स्वरोजगार लघुवित्तको साधारण सभा आह्वान, लाभांश अनुमोदन र मर्जर एक्वीजिशन मुख्य एजेण्डा

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले कात्तिक २७ गते शनिबार तेह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै स्वरोजगार लघुवित्त र अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पनि सभामा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १२ गतेदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोको छ । जसअनुसार कात्तिक ११ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र लघुवित्तको लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।