आशा लघुवित्तको कात्तिक २७ गते साधारण सभा आह्वान

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले कात्तिक २७ गते शनिबार साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे लघुवित्तको पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै आशा लघुवित्त र अन्य उपयुक्त लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले कात्तिक १२ गते बुकक्लोज तोकेको छ । यस अनुसार कात्तिक ११ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र लघुवित्तको लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।