सांग्रिला डेभलपमेण्ट बैंक (SADBL) ले बैंककाे १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनी शंकर ज्ञवालीको नाममा रहेको उक्त शेयर बिक्री गर्न आइतबार सूचना जारी गरेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यायल, बालुवाटार, काठमाडौंमा निवेदन दिनसक्ने उल्लेख छ ।
शेयर खरीद गर्न इच्छुकले आफुले के कति कित्ता शेयर कुन मूल्यमा खरीद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य तोकिएको छैन । एक सय रुपैयाँदेखि प्रतिस्पर्धि मूल्यमा आवेदन दिन सकिनेछ ।
पैतिस दिनभित्र विद्यमान संस्थापकहरुबाट निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया