प्रि-ओपन सेसनमा ३० लाखको शेयर कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा ३० लाख ८४ हजार ६६८ रुपैयाँको मात्र शेयर कारोबार भएको छ । यसदिन १७ कम्पनीको ५ हजार ७८२ कित्ता शेयर ३७ वटा संख्याको कारोबारमा खरीद बिक्री भएको हो ।

यसदिन १७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज २ वटै कम्पनीको शेयरमूल्य घटेको छ ।

नेप्से सूचक ०.०१ अंक घटेर २५५७ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ ०.२२ अंकले घटेर ४८३.२२ अंकमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।