प्रि ओपनिङ्गमा हरियाली, ३६ लाखको शेयर कारोबार

0
Shares

साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा ३५ लाख ९५ हजार ३१६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

नेप्से सूचक २.३२ अंकले बढेर २७५३.३९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २२ मध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपनमा २२ कम्पनीको ४ हजार ४८० कित्ता शेयर ६७ वटा संख्यामा खरीद बिक्री भएका छन् । 

सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, र मैलुङ्ग खोला जलविद्युतको मूल्य २ प्रतिशतले बढेको छ भने एनआईसी एशिया लघुवित्त, साधना लघुवित्त, बेष्ट फाइनान्स, बैंक अफ माठमाण्डू, शिवश्री हाइड्रोपावर, एचआईडिसिएल, र खानी खोला हाइड्रोपावरको मूल्य पनि करिब २ प्रतिशतले नै बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।