नाडेप लघुवित्तले अघिल्लो आवभन्दा दोब्बर बोनस बाँड्ने

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले बढाएर गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको १४९ औं बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आव २०७६/७७ बाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोवजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तका शेयरधनीले अघिल्लो आवभन्दा दोब्बर बोनस पाउने भएका हुन् ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।