ज्योति विकास बैंक (JBBLPO) ले १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक समूह तर्फको उक्त शेयर विद्यमान संस्थापक वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले खरीद गर्नसक्ने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक खरीद कर्ताले कात्तिक १७ गतेसम्म आवश्यक कागजात संकलन गरी बोलपत्र पेश गर्न सक्ने जनाइएको छ । संस्थापक शेयर लिलामीको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । सो मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
शिलबन्दी बोलपत्र कात्तिक २२ गते बिहान १० बजे कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्र वाला वा निजको प्रतिनिधिको उपस्थितिमा खालिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया