आइसिएफसि फाइनान्स (ICFC) ले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
फाइनान्स कम्पनीले बिहीबार एक सूचना जारी गर्दै शेयर बिक्री गर्ने जनाएको हो । सूचनामा कम्पनीको संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
तोकिएको समयमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने फाइनान्स कम्पनीले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया