कुमारी बैंक (KBL) ले संस्थापक समुहतर्फको ३ हजार १६२ कित्ता शेयर बिक्री गर्ने भएको छ ।
बैंकले बिहीबार जारी गरेको सूचनामा संस्थापक शेयरधनी बसन्त कुवरको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो ।
बैंकका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन् ।
शेयरको प्रतिकित्ता मूल्य भने बिक्रेताले तोके बमोजिम हुने उल्लेख छ । तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया