महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तले २०७७/७८ को मुनाफबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।
लघुवित्तको कात्तिक १३ गते शनिबार सम्पन्न सञ्चालक समितिको १२० औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तको २०७८ असार मसान्तसम्म चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ छ । यसअनुसार २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बरबरको बोनस शेयर वितरण गर्नेछ ।
प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । प्रस्तावित ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा लघुवित्तले शेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया