अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारणका लागि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओपछि चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्थाले शेयर निष्काशनका लागि रेटिङको काम अगाडि बढाएको छ ।
काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउने संस्थाले तयारी गरेको छ ।
यस्तै सभाले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै अभियान लघुवित्त र अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति र समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया