लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको कार्तिक १५ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले मंसिर २० गते साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
सभा मंसिर २० गत शुक्रबार बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी, काठमाण्डौंमा बोलाइएको छ ।
काेरोना महामारीको जाखिम अझै पनि रहेकाले सभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने लघुवित्तले जनाएको छ ।
सभामा सञ्चालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले कात्र्तिक ३० गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ । यसअनुसार कार्तिक ३० गते भन्दा अघिल्लो दिन सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुने लगानीकर्ताले मात्र लाभांस पाउन र साधारण सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया