सिभिल लघुवित्तको नाफा २८२ प्रतिशतले बढ्यो, साढे १८ रुपैयाँले बढ्यो इपिएस

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८२.८२ प्रतिशतले खुद नाफा बढाएको छ ।

लघुवित्तले असोज मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि १८.५० रुपैयाँले बढेर २५.७३ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा १३ करोड २० लाख ८७ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ७२ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४ करोड ६८ लाख रुपैयाँ सापटी परिचालन गरी ३ अर्ब १५ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ५ करोड २१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड १९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७.६१ प्रतिशत, जगेडा कोष २५६.६९ प्रतिशत, सापटी १३१.८१ प्रतिशत, निक्षेप ६७.०५ प्रतिशत, कर्जा १०६.९३ प्रतिशत, खुद ब्याज आम्दानी १२०.३८ प्रतिशत, सञ्चालन मुनाफा २४३।६५ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी वृद्धि र खराब कर्जा असुलीबाट लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात घटेर १.८८ प्रतिशतमा झर्दा प्रतिशेयर नेटवर्थ १५३.२० रुपैयाँ, कोषको लागत ६.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात ५२.१२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।