फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले मंसिर १६ गते १२ औं साधारण सभाको मिति तय गरेको छ ।
लघुवित्तको कार्तिक १३ गते बसेको १८६ औं बैठकको निर्णय अनुसार १२ औं साधारण सभाको मिति तय भएको हो ।
लघुवित्तले आउँदो मंसिर १६ गते बिहीबारका दिन साधारण सभा आह्वान गरेको हो । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाण्डांैमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० बाट वृद्धि गरी ९६ करोड ४४ लाख ९२ हजार ४०० पुर्याउने लगायतका प्रस्तावहरु पारित गरिने लघुवित्तले जनाएको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर ५ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन र बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया