सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) को बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार सिनर्जी पावरको ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्तिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
कम्पनीले २०७८ भदौ १८ गते सम्पन्न १५ औं साधारण सभाबाट उक्त बोनस अनुमोदन गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ४ गते बुक क्लोज मिति तय गरेको थियो । तसर्थ भदौ ३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया