ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा २०० प्रतिशतले नाफा बढेको हो ।
चुक्ता पूँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी ५१.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९२.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.१८ गुणा छ ।
लघुवित्तको जगेडा कोष ७७.१४ प्रतिशतले बढेर ४० करोड ३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भमा २२ करोड ५९ लाख रुपैयाँ सञ्चित थियो ।
असोज मसान्तसम्ममा संस्थाले ४ अर्ब २९ करोड रुपैयाँ सापटी तथा ७ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १०१.७७ प्रतिशतले बढेर १४ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३.४९ प्रतिशतले बढेर ३ करोड ३१ लाख रुपैयाँ भएको छ ।
लघुवित्तको खराब कर्जा अनुपात २.५७ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया