
प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस शेयर दिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया