स्वरोजगार लघुवित्तको नाफा ३९% बढ्यो, पौने ४७ रुपैयाँ इपिएस

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.११ प्रतिशतले खुद नाफा बढाएको छ ।

लघुवित्तले असोज मसान्तसम्ममा ४ करोड ८० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ३ करोड ४५ लाख ५६ हजार रुपैयाँ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि ८.९८ ले बढेर ४६.७५ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा २५ करोड ८७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ७४ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब २ करोड ३३ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६ करोड ८२ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.३९ प्रतिशत, जगेडा कोष १००.४१ प्रतिशत, सापटी ८७ प्रतिशत, निक्षेप ३७.८६ प्रतिशत, कर्जा ५८ प्रतिशत, खुद ब्याज आम्दानी १२९ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा १४ करोड ४१ लाख नोक्सानीबाट ६ करोड ८२ लाख नाफामा पुगेको छ । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएपछि लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात घटेर २.५७ प्रतिशतमा झर्दा प्रतिशेयर नेटवर्थ १६२.९१ रुपैयाँ, कोषको लागत ७.५७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.२६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।