स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ११ हजार ७५३ कित्ता शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति शेयर न्यूनतम मूल्य ६७५ रुपैयाँ तोकेर संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गते देखि मंसिर ०१ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई भदौ १० गते सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको थियो । सो समयमा सबै शेयर बिक्री नभएपछि आम सर्वसाधारणले आवेदन गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया