सिटिजन्स बैंकको ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले कम्पनीका संस्थापक शेयरधनी क्षितिज भुसालको नाममा रहेको ३५ हजार ५३५ दशमलव ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त शेयर बिक्री गर्ने जनाएको हो । कम्पनीले न्यूनतम बिक्री मूल्य प्रतिशेयर २०४ तोकेर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

गत भदौ २ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेको थियो । सो समयमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।