हकप्रद सूचीकरणपछि एचआईडिसीएलको शेयरमूल्यमा नेगेटिभ सर्किट

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयर मूल्यमा आइतबार नेगेटिभ सर्किट लागेको छ ।

कम्पनीले शुक्रबार ७ करोड ७० लाख कित्ता हकप्रद शेयर सूचीकृत गरेसँगै बजारमा कम्पनीको शेयर आपूर्ति बढ्दा शेयरमूल्य १० प्रतिशत घटेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै कम्पनीको प्रतिशेयरमूल्य ३१५ रुपैयाँमा झरेको छ । आइतबार प्रतिशेयर ३५० मा कारोबार खुलेको कम्पनीको शेयरमूल्य एकैदिन ३५ रुपैयाँले घटेको हो ।

आइतबार कम्पनीको शेयरमा किन्ने भन्दा बेच्ने धेरै भएकाले शेयरमूल्य उच्च घटेको हो । उच्च आपूर्तिले नेप्सेको मार्केट डेप्थमा कम्पनीको शेयर खरीद माग शून्य देखिएको थियो छ । आइतबार कम्पनीको ३ लाख ४३ हजार २१६ कित्ता शेयर १० करोड ८१ लाख ६६ हजार ८१५ रुपैयाँमा खरीद बिक्री भएको छ ।

कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो । जसमध्ये ३ करोड कित्ता संस्थापक र अवितरित हकप्रद बाहेक हकप्रदमा आवेदन दिएका लगानीकर्ताको शेयर शुक्रबार सूचीकृत भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आइतबार  १५ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।