नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो सोमा सहभागी हुने कम्पनीहरुका लागि स्टल बुकिङ गर्न आह्वान गरेको छ ।
नाडाले आगामी फागुनमा हुने नाडा अटो सोका लागि आगामी बिहीबार अर्थात मंसिर २ गतेदेखि ६ गते (नोभेम्बर १८ देखि २२) सम्म स्टल बुकिङ गर्न सकिने जनाएको छ ।
अटो सोमा झण्डै २ सय वटा स्टल रहने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले काठमाडौंको भृकुटी मण्डपमा आगामी फागुन ९ देखि १४ गतेसम्म नाडा अटो सो आयोजना गर्न लागेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया